Saturday, March 28, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘रित्तो गाउँ’ संसारभर विशेष प्रदर्शन हुने

✍ परिकला न्यूज
भदौ ३१, २०८० मा प्रकाशित

इटहरी / नेपाली ग्रामीण भेगको समसामयिक कथामा निर्माण गरिएको डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ नेपालका मुख्य शहरसँगै बाहिरी देशमा पनि विशेष प्रदर्शन गरिने भएको छ । सबै नेपालीले मनन् गर्नुपर्ने कथामा डकुमेन्ट्री सर्ट फिल्म बनेको हुनाले यसलाई स्वदेशसँगै नेपालीहरुको बसोबास रहेको अन्य देशमा पनि विशेष प्रदर्शन गर्न लागिएको निर्देशक रामजी ज्ञवालीले जानकारी दिए ।

‘अहिले हाम्रो गाउँ एक्लो छ । एक्लो गाउँमा धेरै कथा छन्, हामी एउटा कथा बोल्दैछौं, जुन कथा असाध्यै दर्दनाक छ’ ज्ञवालीले भने, ‘यो कथालाई सबैले मनन् गरुन भन्ने सोँचले नै विशेष प्रदर्शन गर्न लागेका हौं ।’ आनन्द राज प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको ‘रित्तो गाउँ’को फस्ट लुक पोस्टर सार्वजनिक गरेसँगै निर्माण टिमले आफ्नो योजना सार्वजनिक गरेको हो । आनन्द राजले राम्रो इन्टरटेनमेन्टसँगको सहकार्यमा निर्माण गरेको फिल्मको यसको पोस्टरमा एक महिलाले टुकी बालेर केही खोज्दै गरेको देखिन्छ ।

उक्त भूमिकामा कलाकार हिउँवाला गौतमलाई मात्रै देखाइएको छ । पोस्टर सार्वजनिक भएपछि निकै चर्चा चलेको छ । ‘रित्तो गाउँ’ ले नेपालका धेरै पहाडी भेगमा भोग्नुपरेको कठोर यथार्थलाई गहिरिएर प्रस्तुत गर्न खोजेको सार्वजनिक पोस्टरबाट अनुमान लगाउन सकिन्छ । ‘रित्तो गाउँ’मा अहिलेका चर्चित अभिनेता मुकुन भुषाल, पुराना कलाकार सुवास गजुरेल र नव–अभिनेत्री सविना राउतलाई पनि फिचर गरिएको छ ।

निर्माण टिमले फस्टलुक पोस्टरबाहेक कुनैपनि प्रकारको प्रमोशनल सामग्री सार्वजनिक नगर्ने जानकारी दिएको छ । रामजी ज्ञवालीको कथा तथा निर्देशनमा निर्माण भएको यस फिल्मका सहायक निर्देशक दिनेश वहादुर रावत हुन् भने डिओपी निरज कँडेल हुन् । निर्देशक ज्ञवालीले यसअघि डार्कमुन, हनिमून, आराध्या जस्ता चर्चित सर्टफिल्म निर्माण तथा केही म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । उनी एक दशक बढी समयदेखि पत्रकारिता पेशामा समेत आवद्ध छन् ।

‘रित्तो गाउँ’लाई आनन्द राज शर्मा वाग्लेले निर्माण गरेका हुन् । यसमा प्रेम भुर्तेल, नारायण कँडेल, कुनाल कायल लगायत कार्यकारी निर्माताको रुपमा छन् । निर्माता आनन्द राज शर्मा वाग्लेले पहिलो विशेष प्रदर्शन काठमाडौंबाट हुने र यसबाट उठेको सम्पूर्ण रकम नेपाली क्रिकेट टोलीलाई हस्तान्तरण गरिने प्रतिक्रिया दिए । उनले भने, –‘हामी अहिले के कसरी गर्ने भनेर सल्लाह गर्दैछौं । तर, पहिलो शो बाट उठेको रकम क्रिकेट क्षेत्रमा योगदान गर्ने योजना छ ।

त्यसपछिका हरेक शो बाट उठेको रकमको केही प्रतिशत हामीले समाजसेवामा लगाउने तयारी गरेका छौं । ’८ दिन छायांकन गरिएको यस डकुमेन्ट्री फिल्म तत्कालै युट्युवमा सार्वजनिक नहुने निर्माण टिमले जनाएको छ । राजेन्द्र मोक्तानको कलर ग्रेडिङ रहेको यस फिल्मलाई नहकुल खड्काले सम्पादन गरेका हुन् । यस प्रोजेक्टका लागि निर्माण टिमले २० लाख भन्दा धेरै लगानी गरेको निर्माता आनन्द राज शर्मा वाग्लेले जानकारी दिए ।

अगाडिकाे पाेस्ट

लामो समयपछि ‘मायावी’बाट फिल्ममा कमब्याक गर्दै अभिनेत्री करिश्मा श्रेष्ठ

अर्काे पाेस्ट

गायिका रचना र क्रीकेटर ललितको प्रेम चर्चा, ललितलाई दादा भनेको सुन्ने फ्यानको इच्छा

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’
कलिउड न्युज

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

✍ सुवास संकल्प
चैत्र १३, २०८२ मा प्रकाशित
0

...

प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’
कलिउड न्युज

प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

✍ सुवास संकल्प
चैत्र १३, २०८२ मा प्रकाशित
0

...

फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

चैत्र १३, २०८२ मा प्रकाशित
‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

चैत्र १२, २०८२ मा प्रकाशित
याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

चैत्र ९, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चैत्र ९, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

चैत्र १३, २०८२ मा प्रकाशित
प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

चैत्र १३, २०८२ मा प्रकाशित
फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

चैत्र १३, २०८२ मा प्रकाशित
‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

चैत्र १२, २०८२ मा प्रकाशित
याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

चैत्र ९, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana