Sunday, May 10, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

चर्चित गीत ‘नरोउ माया सम्झेर मलाई’ राधाकृष्ण भर्सनमा रिलिज

✍ परिकला न्यूज
भदौ २१, २०८० मा प्रकाशित
चर्चित गीत ‘नरोउ माया सम्झेर मलाई’ राधाकृष्ण भर्सनमा रिलिज

इटहरी/वि.सं. २०४० सालमा रिलिज भई बहुचर्चित बनेको लोक गीत ‘नरोउ माया सम्झेर मलाई’ कृष्ण भजन गीतको रुपमा भिडियोसहित ‘नरोउ राधा सम्झेर मलाई’ श्रीर्षकमा रिलिज भएको छ । श्रीकृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा मंगलवार इन्टरनेटमार्फत यो गीत सार्वजनिक गरिएको हो ।

ओरिजिनल गीतका गायक हरिबहादुर राउतले नै भजन भर्सनमा स्वर दिएका छन् । पुरानो गीतमा युगल स्वर थिएन भने नयाँ गीतमा राउत र गायिका कोपिला तामांग वाईवाले युगल स्वर दिएका छन् । यस गीतका शब्द संकलक तथा संगीतकार माधव केसी हुन् । नयाँ गीतमा प्रकाश सापकोटा र बिदुर तिमल्सिनाले शब्द रचना गरेका छन् ।

भिडियोमा अभिषेक श्रेष्ठ र संगम बिष्टले अभिनय गरेका छन् । श्रेष्ठ कृष्ण बनेका छन् भने बिष्ट राधा बनेकी छन् । संगम वि.सं. २०७१ सालमा सौगात बिष्टले सबैभन्दा कान्छो निर्देशकको रुपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ राख्न सफल चलचित्र ‘लभ यू बाबा’बाट उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय अवार्ड प्राप्त गरेकी थिईन् । उनले सो चलचित्रमा बालकलाकारको रूपमा काम गरेकी थिईन् । उनले बालकलाकारको रुपमा अपहरण, जय शिव शंकर, श्रीमान, वरदान लगायतका चलचित्रहरूमा काम गरेकी छन् । संगमले ‘नरोउ राधा सम्झेर मलाई’बाट नै कमर्सियल अभिनयमा प्रवेश गरेकी हुन् ।हरिबहादुर राउत र गोल्डेल हार्ट पिक्चर्सको संयुक्त प्रस्तुतिमा निर्माण भएको यस गीतको भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका छन् । विडियो हेर्नुहोस् ।

छायाँकार दिनेश पराजुलीको रहेको छ भने प्रविन भट्टले सम्पादन गरेका छन् ।पहिले नै चर्चित बनेको लोकगीतलाई भजन भर्सनमा ल्याएर भक्तिभावमा दर्शकश्रोताबीचमा गीतको फरक स्वाद दिने प्रयास गरेको गायक राउतले बताए । “पुराना पुस्ताले अत्याधिक रुचाउनुभएको लयलाई नयाँ र आध्यात्मिक शब्दमा पुन:स्वरांकन गर्दा श्रोताले गीत संगीतको नयाँ अनुभुति लिनुहुनेछ भन्ने विश्वास लिएको छु”, राउतले भने । पछिल्लो समय उत्कृष्ट भिडियोबीना गीत अपुरो हुने भएको कारण यसको भिडियोलाई पनि निकै मेहनतले बनाएको उनले बताए ।

गीतकार प्रकाश सापकोटाले यो भजन पनि माया प्रेममा नै आधारित रहेको बताए । उनले भने, “हामीले सदिऔँदेखि कृष्ण र राधाको प्रेमचर्चा सुन्दै आएका छौँ । त्यही प्रसंगलाई चर्चित गीतको लयमार्फत आम मानिसमा पुऱ्याउने उद्देश्यले बिदुरजी र मैले मिलेर रचना गरेका हौँ ।” सापकोटाले यो भजन भर्सन सबैले सुन्दा आनन्द आउने बताए ।

अगाडिकाे पाेस्ट

गायिका बिष्णु माझीको ‘बलमा’ तीज गीत सार्वजनिक

अर्काे पाेस्ट

‘मायावी’बाट फिल्ममा फर्किदै पल शाह, दिपिका प्रसाईंसंग जोडी बाँधिने

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘रोल नं १’को लोकगीत ‘म्याग्दी रुमाले’ सार्वजनिक, फिल्म जेठ १५ मा रिलिज हुँदै
कलिउड न्युज

‘रोल नं १’को लोकगीत ‘म्याग्दी रुमाले’ सार्वजनिक, फिल्म जेठ १५ मा रिलिज हुँदै

✍ परिकला न्यूज
बैशाख २६, २०८३ मा प्रकाशित
0

...

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने
कलिउड न्युज

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २१, २०८३ मा प्रकाशित
0

...

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित
करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

बैशाख १८, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘रोल नं १’को लोकगीत ‘म्याग्दी रुमाले’ सार्वजनिक, फिल्म जेठ १५ मा रिलिज हुँदै

‘रोल नं १’को लोकगीत ‘म्याग्दी रुमाले’ सार्वजनिक, फिल्म जेठ १५ मा रिलिज हुँदै

बैशाख २६, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana