इटहरी/ कोशी प्रदेशको बिराटनगरमा ‘२०८० सालको गाईजात्रा’ सम्पन्न गरिएको छ । लायन्स क्लब अफ बिराटनगर इनभिजनको स्थानीय आयोजनामा हास्य कलाकार मनोज गजुरेल र शैलेन्द्र सिंखडाको टिमले गाईजात्रा प्रस्तुत गरेको हो । विशिष्ट ब्याक्तित्व तथा राजनैतिक हस्तीहरुका माझ गरिने गाईजात्रे प्रहसन हास्यकलाकारहरुको एक पर्व नै हो भन्दा फरक पर्दैन् । देशव्यापी रुपमा गाईजात्रा कार्यक्रम गर्दै हिडिरहेको यो समुहले भदौ १४ गतेदेखि १७ गतेसम्म काठमाडौको प्रज्ञा प्रतिष्ठान, २२ गते दाङ र २३ गते बुटवलमा समेत यो गाईजात्रे प्रहसन गर्दैछ ।
यता बिराटनगरको आरोहण गुरुकुलमा आयोजना गरिएको गाईजात्रा कार्यक्रममा कोशी प्रदेशका खानेपानि तथा सिचाई मन्त्रि प्रदिप सुनुवार, मोरङ प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, कोशी प्रदेश सभा सदस्य भिम पराजुली, राजेश चौधरी, गणेश उप्रेती लगायतका नेताहरुको उपस्थिति रहेको थियो । यस्तै महेश जाजु, प्रकाश मुन्द्रा, भिम घिमिरे, मनोज बिक्रम शाह लगायत बिरानगरका प्रतिष्ठित ब्यापारिहरुको उपस्थिति थियो ।
सशुल्क प्रवेशको ब्यवस्था हुँदा समेत गुरुकुलको नयाँ भवन खचाखच भरिएको थियो । गाईजात्रे प्रहसनमा मनोज गजुरेल, शैलेन्द्र सिंखडा, टीका भण्डारी, सुबोध गौतम, मेक्सम गौडेल, चिप्लेटी अंकल उपनामले परिचीत सुन्दर खनाल, सीता न्यौपाने, प्रभात लामा, रुबिना अधिकारीलगायतका कलाकारहरुले प्रस्तुति दिएका थिए । पुराना हास्यकलाकारहरुको प्रहसनसंगै नयाँ पुस्ताका कमेडियनहरुले नेताहरुलाई रोष्ट हान्नेदेखी कमेडी क्लब विथ च्याम्पियनमा प्रस्तुत गरेका क्यारेक्टरहरु ‘चिप्ल्याउने अंकल’, ‘छबि लामिछाने’, नक्कली महावीर पुन बनेर उपस्थित दर्शकलाई हँसाएका थिए । हास्य कलाकार मनोज गजुरेलले भने एलियन मक्ससंगै ३ अवतारमा प्रस्तुत भएर दर्शकलाई मनोरञ्जन गराएका थिए ।
Discussion about this post