इटहरी/ गत असार २१ गते अफ्नै घरमा आत्महत्या गरेका अभिनेता सारुक ताम्राकारको बुवा तथा कलाकार, जादुगर सानू ताम्राकारको निधन भएको छ । सरुकको निधन भएको २ महिना नपुग्दै उनको परिवारमा पुनः अर्को बज्रपात भएको छ ।
विश्वस्त श्रोतबाट यो खबर बाहिरीएको हो । ताम्राकारको शनिबार करिब ३ बजे उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो । सारुकको निधनले विछिप्त भएका सानू स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए । सानु ताम्राकार कलाकारसँगै चलचित्र कलाकार संघको पूर्व उपाध्यक्ष समेत हुन् । उनको पहिल्यैदेखि ढाड दुख्ने समस्यासमेत थियो ।
Discussion about this post