Saturday, May 2, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

टिकटकमा ‘कथाघेरा’को भाइरल क्रेज बोकेर फिल्ममा सुस्मिता, ‘चिरञ्जीवी भवः’बाट डेब्यु पक्का

✍ सुवास संकल्प
बैशाख १९, २०८३ मा प्रकाशित
टिकटकमा ‘कथाघेरा’को भाइरल क्रेज बोकेर फिल्ममा सुस्मिता, ‘चिरञ्जीवी भवः’बाट डेब्यु पक्का

इटहरी/ यतिबेला सामाजिक सञ्जाल टिकटकमा ‘कथाघेरा’का क्लिप र गीतहरू अत्याधिक भाइरल भइरहेका छन् । यही भाइरल क्रेज र रंगमञ्चको बलियो पृष्ठभूमि बोकेकी थिएटर आर्टिस्ट सुस्मिता कुँवरले अब नेपाली फिल्म क्षेत्रमा पाइला टेक्ने पक्का भएको छ । ‘कथाघेरा’ कै चर्चित नाटक ‘बाटैबाटो’ बाट आफ्नो जीवन्त अभिनयको छाप छोड्न सफल सुस्मिताले बहुप्रतीक्षित फिल्म ‘चिरञ्जीवी भवः’ मार्फत नेपाली फिल्म उद्योगमा अभिनेत्रीको रूपमा डेब्यु गर्न लागेकी हुन् ।

सुस्मिता मूलतः रंगमञ्चमा खारिएकी कलाकार हुन् । ‘कथाघेरा’ सँग जोडिएर गरेका काम र सामाजिक सञ्जालमा भाइरल भइरहेका क्लिपहरूकै कारण पछिल्लो समय उनी आम दर्शकमाझ झनै धेरै चिनिएकी छन् । टिकटकमा मात्रै उनलाई पछ्याउनेको संख्या १ लाख १७ हजारभन्दा बढी छ भने फेसबुकमा पनि हजारौं फलोअर्स छन् ।

त्यसो त टेलिभिजन दर्शकका लागि उनी नौलो अनुहार होइनन् । चर्चित नेपाली टेलिफिल्म ‘सक्कीगो नि’मा ‘बले’ की ‘प्यारी’ को भूमिकाबाट उनले धेरैको मन जितेकी छन् । यसका साथै विभिन्न लोक दोहोरी गीतका म्युजिक भिडियोहरूमा समेत उनले मोडलिङ गरिसकेकी छन् । ब्लकबस्टर फिल्म ‘परान’ का निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’ ले निर्देशन गर्न लागेको यस फिल्ममा सुस्मिता अनुबन्ध भएसँगै कास्टिङ लाइनअप निकै रोचक बनेको छ ।

@parikalanewsofficial

यो फिल्ममा यसअघि नै अभिनेता आशीर्वाद क्षेत्री र अभिनेत्री प्रसंशा रायमाझी अनुबन्धित भइसकेका छन् । नयाँ वर्ष २०८३ को अवसर पारेर गत वैशाख १ गते निर्माण घोषणा गरिएको यस फिल्मको कथा कुमार कट्टेल ‘जिग्री ब्रो’ ले तयार पारेका हुन् । फिल्मको पटकथा तथा संवाद लेखनमा सविन अधिकारी र वसन्त न्यौपानेले काम गरिरहेका छन् ।

फिल्मका निर्माता उमेश कुमार बराल हुन् भने कार्यकारी निर्माताको जिम्मेवारी कुमार कट्टेल र शैलेश खत्रीले सम्हालेका छन् । निर्माण पक्षले दिएको जानकारी अनुसार फिल्मको प्रि-प्रोडक्सनको काम लगभग अन्तिम चरणमा पुगिसकेको छ । यतिबेला स्क्रिप्टको अन्तिम ड्राफ्टलाई माझ्ने काम धमाधम भइरहेको छ । सम्पूर्ण तयारी पूरा गरेर अबको करिब एक महिनामा फिल्म फ्लोरमा जानेछ । फिल्मको केही प्रतिशत छायाङ्कन कोशी प्रदेशका विभिन्न रमणीय स्थानहरूमा पनि गरिने बताइएको छ ।

अगाडिकाे पाेस्ट

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु
कलिउड न्युज

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

✍ परिकला न्यूज
बैशाख १८, २०८३ मा प्रकाशित
0

...

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने
कलिउड न्युज

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख १८, २०८३ मा प्रकाशित
0

...

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

बैशाख १८, २०८३ मा प्रकाशित
रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

बैशाख १७, २०८३ मा प्रकाशित
विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

बैशाख १७, २०८३ मा प्रकाशित
पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

बैशाख १७, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटकमा ‘कथाघेरा’को भाइरल क्रेज बोकेर फिल्ममा सुस्मिता, ‘चिरञ्जीवी भवः’बाट डेब्यु पक्का

टिकटकमा ‘कथाघेरा’को भाइरल क्रेज बोकेर फिल्ममा सुस्मिता, ‘चिरञ्जीवी भवः’बाट डेब्यु पक्का

बैशाख १९, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित
करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

बैशाख १८, २०८३ मा प्रकाशित
रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

बैशाख १७, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana