Sunday, January 25, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘किन लाग्छ माया’ को ‘धौले धन्सार’ गीत सार्वजनिक

✍ परिकला न्यूज
पुस २४, २०८२ मा प्रकाशित
फिल्म ‘किन लाग्छ माया’ को ‘धौले धन्सार’ गीत सार्वजनिक

इटहरी/ दाजुभाइको भावनात्मक कथा बोकेको आगामी फिल्म ‘किन लाग्छ माया’ ले आफ्नो प्रचारप्रसारलाई सांगीतिक कोसेली मार्फत सुरुवात गरेको छ । सन् २०२६ मा प्रदर्शनको लक्ष्य राखिएको यस फिल्मको निर्माण पक्षले, पोष्टर सार्वजनिक गरे पश्चात पहिलो गीत ‘धौले धन्सार’ बजारमा ल्याएको हो । सार्वजनिक गीत विशुद्ध लोक शैलीमा तयार पारिएको छ ।

डाक्टर अशाबहादुर तामाङको शब्द सिर्जना र पुष्कर सुनुवारको संगीत रहेको यस गीतमा तीन चर्चित गायक गायिकाको जादुमय स्वर सुन्न सकिन्छ । पुष्कर सुनुवार, शान्तीश्री परियार र हास्य कलाकार समेत रहेका गोपाल ढकाल ‘छन्दे’ को स्वरले गीतलाई निकै कर्णप्रिय बनाएको छ । गीतको अडियो जति सुमधुर छ, भिडियो पनि उत्तिकै आकर्षक बनेको छ । हेर्नुस् भिडियो ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको भिडियोमा फिल्मका मुख्य कलाकारहरूको लामै लस्कर देख्न सकिन्छ । नायक सञ्जित भण्डारी, जाहान्वी बस्नेत, ऋचा थापा र हिउवाला गौतमका साथमा अहिलेकी चर्चित मोडल ‘मिस पबी’ ले कम्मर मर्काएकी छिन् । साथै, यसै फिल्मबाट डेब्यु गरिरहेका नव–नायक स्याडो रियल, उत्तम केसी र सेजल सुवेदीको नृत्यले भिडियोलाई थप रमाइलो बनाएको छ ।

कुबेर तामाङको निर्देशनमा बनेको यो फिल्ममा कलाकारहरूको ठूलो टिम छ । राजेन्द्र खड्गी, रवि डंगोल, गोपाल ढकाल, सम्रान्त थापा लगायतका अनुभवी कलाकारहरूले यसमा अभिनय गरेका छन् । आरआर फिल्मस्ले वितरण गर्ने जिम्मा लिएको यो फिल्ममा सञ्जित भण्डारी र मोनु खड्काको लगानी रहेको छ ।

@parikalanewsofficial

फिल्मको प्राविधिक पक्ष पनि बलियो देखिन्छ । राजेन्द्र खड्गीको एक्सन, रामशरण उप्रेती र रामकुमार केसीको छायांकन तथा बनिष शाह र नविन चौधरीको सम्पादनले फिल्मलाई अब्बल बनाउने अपेक्षा गरिएको छ । फिल्मको कथा र शब्द नव–नायक स्याडो रियलले नै लेखेका हुन् भने पटकथा र संवाद रामकाजी घिमिरेको रहेको छ । दाजुभाइको कथामा आधारित ‘किन लाग्छ माया’ ले दर्शकको मन जित्नेमा निर्माण टिम पूर्ण विश्वस्त देखिएको छ ।

अगाडिकाे पाेस्ट

‘मिरमिरे’ ट्रेलर: आमाविहीन छोरी र एक्लो बुवाको मर्मस्पर्शी कथा

अर्काे पाेस्ट

प्रवीण खतिवडाको फरक लुक्ससहित ‘शिवांश’को टिजर रिलिज

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

पूर्ण बहादुरको सारङ्गीका निर्देशक र कलाकार एकसाथ, ‘सिन्दुरे जात्रा’मा जोडिए विजय र अञ्जना
कलिउड न्युज

पूर्ण बहादुरको सारङ्गीका निर्देशक र कलाकार एकसाथ, ‘सिन्दुरे जात्रा’मा जोडिए विजय र अञ्जना

✍ परिकला न्यूज
माघ ११, २०८२ मा प्रकाशित
0

...

स्कुलको प्राङ्गणबाट गरियो ‘रोल नं. १’ आगामी जेठ १५ गते रिलिज गर्ने घोषणा
कलिउड न्युज

स्कुलको प्राङ्गणबाट गरियो ‘रोल नं. १’ आगामी जेठ १५ गते रिलिज गर्ने घोषणा

✍ परिकला न्यूज
माघ ११, २०८२ मा प्रकाशित
0

...

सहरको कोलाहल छोडेर गाउँ फर्किएको कथा: ‘श्री बुकुरो’को मर्मस्पर्शी गीत सार्वजनिक

सहरको कोलाहल छोडेर गाउँ फर्किएको कथा: ‘श्री बुकुरो’को मर्मस्पर्शी गीत सार्वजनिक

माघ ११, २०८२ मा प्रकाशित
पूजा शर्माको ‘आइटम डान्स’सँगै ‘कल्ली’को ६० दिने छायांकन पूरा

पूजा शर्माको ‘आइटम डान्स’सँगै ‘कल्ली’को ६० दिने छायांकन पूरा

माघ ११, २०८२ मा प्रकाशित
‘आ बाट आमा’को ट्रेलरले २४ घण्टा नपुग्दै जित्यो १० लाख दर्शकको मन

‘आ बाट आमा’को ट्रेलरले २४ घण्टा नपुग्दै जित्यो १० लाख दर्शकको मन

माघ ९, २०८२ मा प्रकाशित
माओत्से गुरुङको ‘पेन्सन पट्टा’ ३३ दिनमै प्याकअप

माओत्से गुरुङको ‘पेन्सन पट्टा’ ३३ दिनमै प्याकअप

माघ ९, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

पूर्ण बहादुरको सारङ्गीका निर्देशक र कलाकार एकसाथ, ‘सिन्दुरे जात्रा’मा जोडिए विजय र अञ्जना

पूर्ण बहादुरको सारङ्गीका निर्देशक र कलाकार एकसाथ, ‘सिन्दुरे जात्रा’मा जोडिए विजय र अञ्जना

माघ ११, २०८२ मा प्रकाशित
स्कुलको प्राङ्गणबाट गरियो ‘रोल नं. १’ आगामी जेठ १५ गते रिलिज गर्ने घोषणा

स्कुलको प्राङ्गणबाट गरियो ‘रोल नं. १’ आगामी जेठ १५ गते रिलिज गर्ने घोषणा

माघ ११, २०८२ मा प्रकाशित
सहरको कोलाहल छोडेर गाउँ फर्किएको कथा: ‘श्री बुकुरो’को मर्मस्पर्शी गीत सार्वजनिक

सहरको कोलाहल छोडेर गाउँ फर्किएको कथा: ‘श्री बुकुरो’को मर्मस्पर्शी गीत सार्वजनिक

माघ ११, २०८२ मा प्रकाशित
पूजा शर्माको ‘आइटम डान्स’सँगै ‘कल्ली’को ६० दिने छायांकन पूरा

पूजा शर्माको ‘आइटम डान्स’सँगै ‘कल्ली’को ६० दिने छायांकन पूरा

माघ ११, २०८२ मा प्रकाशित
‘आ बाट आमा’को ट्रेलरले २४ घण्टा नपुग्दै जित्यो १० लाख दर्शकको मन

‘आ बाट आमा’को ट्रेलरले २४ घण्टा नपुग्दै जित्यो १० लाख दर्शकको मन

माघ ९, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana