Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

युट्युबमा १० दिनमा २० लाखको नजिक ‘ऐंचो पैंचो’को ‘काले केटाले’

✍ परिकला न्यूज
साउन २२, २०८० मा प्रकाशित
युट्युबमा १० दिनमा २० लाखको नजिक ‘ऐंचो पैंचो’को ‘काले केटाले’

इटहरी/ नेपाली फिल्ममा हम्मेसी रिच प्रोडक्सन भएको गीतको भिडियो हेर्न पाइँदैन । न्यून बजेट नै यसको मुख्य कारण हो । तर, केही फिल्मले भने गीतको भिडियोमा पनि महंगो बजेट खर्चिन थालेका छन् । यसको पछिल्लो उदाहरण हो- फिल्म ‘ऐंचो पैंचो’ । र, यसको गीत ‘काले केटाले’ को भिडियो ।’ यो गीत फिल्मको कथाभित्र कुन सन्दर्भ र के प्रयोजनका लागि हो त्यो त अहिलेसम्म रहस्यकै गर्भमा छ । तर, फिल्म भित्र कस्तो कथामा यो गीत आउँछ त्यो त फिल्म हेरेपछि नै थाहा होला । अहिलेलाई भने यो गीतले दर्शक तथा स्रोताको मन जितिरहेको छ । लोकप्रिय बन्दै भएको गीत अहिले चर्चामा छ ।

झट्ट गीत सुन्दा र हेर्दा आइटम सङ जस्तो पनि तर थोरै लोकलयमा मिश्रित यो यतिबेला फिल्मको राम्रो प्रचार सामग्री भने बनिरहेको छ । लोक र आधुनिक गीत सिर्जनाको शिखरमा रहेका रहेका सर्जक एकनारायण भण्डारीको शब्दरचना रहेको गीतमा संगीत र स्वर आशिस अबिरलको छ । आशिसलाई अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छन् । योङ जेनेरशनलाई लक्षित गरेर लेखिएको गीतले प्रेमी-प्रेमिकाले आफ्नो प्रेमी-प्रेमिकासँग देखाउने एटिच्युड प्रस्तुत गरेको छ । आफूलाई सुनसँग तुलना गर्दै प्रेमीलाई फलाम भएको रोमान्टिक व्यङ्ग्य गर्ने गीतमा दुवैले एकअर्कालाई मन पराउने तर रमाइलोका लागि एकले अर्कोलाई जिस्काउने भाव छ । केटाले देखाउने समर्पणमा मदहोस प्रेमिका गीतको सारांश हो । हेर्नुस भिडियो

गीतको भिडियोमा एलेक्स विश्वकर्मा (पारस) फोकस छन् । साथमा स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुषाल, सुशील सिटौला, कोसिस क्षेत्रीको अभिनय छ । यो गीतको भिडियोमा कबिराजको आकर्षक कोरियोग्राफी छ । सयौं कोरसका बिचमा फिल्मका मुख्य कलाकारले नृत्य छ । प्रायः बिना कोरस नायक/नायिकालाई मात्रै नचाउने अधिक फिल्मबीच ‘ऐंचो पैंचो’ले सयौं कोरस र आफैँ सेटलगाएर निर्माण गरिएको भिडियोले यतिबेला दर्शकको ध्यान खिचिरहेको छ ।पारसको भूमिका फिल्ममा छ/छैन थाहा छैन तर उनको नृत्यले दशर्कको मन खिच्छ । स्वस्तिमा र बर्षाको अदाहले भिडियोलाई थप उचाई दीएको छ । शब्द र भावअनुसार अन्य कलाकारको टाइमिङ र नृत्यलाई दर्शकले रुचाएका छन् ।

निर्माण पक्षले गीतको भिडियोलाई कलरफूल बनाउन कुनै सम्झौता गरेको छैन । अक्सर कमर्सियल फिल्ममा पब्लिसिटीका आइटम गीत राख्ने र त्यसको भिडियो ठमेलको कुनै क्लवमा खिच्ने परम्परालाई तोडेको यो ‘ऐंचो पैचो’को गीतले धक खोलेर निर्माण गरिने सिर्जनाले दर्शकले मन पराउँछन् भन्ने पनि प्रमाणित गरिदिएको छ । सार्वजनिक भएको छोटो समयमै युट्युबमा करिब २० लाख पटक गीत हेरिसकेका छन् । मल्टिस्टारर फिल्म ‘ऐंचो पैंचो’ सुरुवाती प्रचार सामग्रीदेखि नै सम्भावना देखाएको फिल्म हो । सार्वजनिक टिजर र यसका दृश्यले फिल्म राजनीतिको पृष्ठभूमीमा रहेको संकेत गरेको छ । टिजरले कौतुहलता सिर्जना गरेको छ । भदौ १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म कृषा चौलागाईंले निर्देशन गरेकी छन् ।

केपी फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशील सिटौला, कोशिस क्षेत्री, रमेशबुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायत कलाकारको अभिनय रहेको छ । प्रितम लामिछाने र आध्या लामिछाने निर्माता रहेको फिल्ममा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराजगहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत रहेको छ । रेनिश फागोकको कलर, सत्यम राणाको भिएफएक्स, मुकेशशाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्रअधिकारीको सम्पादन छ । नेपाली फिल्म उद्योगमा राजनीतिक विषयमा कमै मात्रै सिनेमा निर्माण भइरहेका बेला कृषाले यो विषयमा फिल्म बनाउने आँट गरेकीछन् ।

अगाडिकाे पाेस्ट

यस्तो बन्यो दुर्गेश थापाको डेब्यु भोजपुरी म्युजिक भिडियो, मेनुका माझीसंग अनस्कृन रोमान्स

अर्काे पाेस्ट

तिज गीतमा ‘पापाकी परी’

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana