Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

भारतको चेपा र हेपा प्रवृत्ति, भ्रष्टाचार र राजनैतिक व्यंग्यसहित जोगिन्दरको गाइजात्रे झटारो ‘लुछाचुँडी’

✍ परिकला न्यूज
साउन १९, २०८० मा प्रकाशित
भारतको चेपा र हेपा प्रवृत्ति, भ्रष्टाचार र राजनैतिक व्यंग्यसहित जोगिन्दरको गाइजात्रे झटारो ‘लुछाचुँडी’

इटहरी/ लोकप्रिय हास्य कलाकार शिव शंकर रिजाल ‘जोगिन्दर’ले आउदो जाइजात्रालाई लक्षित गर्दै गाइजात्रे कमेडी कोसेली ‘लुछाचुँडी’ ल्याएका छन् । दर्शक तथा श्रोतालाई हास्यब्याङ्ग्यको माध्यमबाट बिशुद्ध मनोरञ्जन दिने उदेश्यले उनले ‘लुछाचुँडी’ सार्वजनिक गरेका हुन् । ओएसआरको युट्युव च्यानल मार्फत सार्वजनिक ‘लुछाचुँडी’मा देशमा सबैको चासो र चिन्ताको बिषय रहेको भष्टाचार मुख्य मुद्धाको रुपमा निकै मार्मिक तरिकाले चिरफार गरिएको छ । अखण्डा भारत भित्र नेपालको भु-भाग राखिएको बिषय पनि उनको यो पटकको गाइजात्रामा परेको छ । भारतको चेपा र हेपा प्रबृती प्रति समेत उनले ब्याङ्ग्य प्रहार गर्न भ्याएका छन् । यस्तै गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समेत उनले ब्याङ्ग्यमा समेटेका छन् । यो निर्वाचनमा ठुलाठुला नेता हारेको बिषय प्रति उनले ब्याङ्ग्य प्रहार गरेका छन् ।

उनले हार्ने नेतादेखि जित्ने पार्टीसम्मलाई छाडेको छैनन् । बिगतका बर्षहरु जस्तै यो पटक उनले आफ्नो ‘गाइजात्रे’ कोसेलीमा प्यारोडी पनि राखेका छन् । यो पटक उनले फिल्म ‘घामट शेरे’ को चर्चित गीत ‘कहिले साली मनपर्यो’लाई ‘कहिले देउवा मनपर्यो, कहिले ओली मनपर्यो’ भन्दै प्यारोडी बनाएका छन् । गीतमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुरसँम्मलाई झटारो हानेका छन् । दुई दशकदेखि गाइजात्रा पर्वमा नियमित कोसेली ल्याउने गरेका रिजालको ‘लुछाचुँडी’ २१ औं कोसेली हो । गतबर्ष उनले ‘गठबन्धन’ नामक गाइजात्रे कोसेली सार्वजनिक गरेका थिए ।

सबैतिर लकडाउन भएको कोरोनाको समय पनि उनले ‘लकडान’ नामक ब्याङ्ग्य कोसेली ल्याउदै सबैको मन जितेका थिए । यो पटक कलाकार जोगिन्दरलाई प्यारोडी गीत गायनमा प्रकाश ओझा, कर्णराज गिरी र राधिका हमालले साथ दिएका छन् । गीतका शब्द लोकराज अधिकारीले कोरेका हुन् । ‘लुछाचुँडी’मा जोगिन्दरको अलवा घनश्याम गौतम ‘नक्कली प्रचण्ड’, सुरेश तिमिल्सेना ‘नक्कल ओली’, गोपाल नेपाल ‘नक्कली देउवा’ बनेका छन् । राधिका हमाल, साबित्रा लामिछाने, अर्जुन गिरी, ज्ञानदेब गिरी, प्रेम शर्मा पौडेल, शिवराम कार्की लगायको समेत यसमा अभिनय छ । प्यारोडी गीतको नृत्य निर्देशन समन अधिकारीले गरेका छन् । भिडियोको छायांकन रोयल थाइहस्पिटालीटी ठिमी र सिंगल ट्रि स्वंयम्बुमा गरिएको छ । ‘लुछाचुँडी’को लेखन, प्रस्तुति र निर्देशन शिवशंकर रिजाल ‘जोगिन्दर’ आफैले गरेका हुन् ।

पोष्ट प्रोडक्सन कोचे मिडियामा भएको छ । गाइजात्रा हास्य कलाकारका लागि एउटा महान उत्सव भएकोले सधै झै यो बर्षपछि गाइजात्रे झटारो ल्याएको कलाकार रिजालले बताए । ‘सधै झै यो बर्षपनि दर्शकश्रोताले मेरो कोसेलीमा माया दिनुहुन्छ भन्ने विश्वास छ’, रिजालले भने ‘राम्रो लागेमा प्रसंसा र नराम्रो लागेमा सुझाव दिनुहोला ।’ बिसं २०६१ सालदेखि हरेक वर्ष निरन्तर रुपमा गाईजात्रे प्रस्तुति बजारमा ल्याइरहेका रिजाल गाईजाक्रामा हास्यब्याङ्ग्य कार्यत्रम गर्नु, प्रस्तुति ल्याउनु हास्य कलाकारको धर्म नै मान्दछन् । अहिले आएको आफ्नो गाइजात्रे कोसेली समसामाहिक बिषय र राजनीतिक बिकृति प्रतिको खरो झटारो भएको उनको धारणा छ । शिवशंकर अहिले ‘गाइजात्रा टुर’को पनि तयारीमा छन् । चितवनदेखि कन्चनपुरस्म्म हुने ‘गाइजात्रा टुर’ बिभिन्न चर्चित हास्य कलाकारको सहभागतिा रहनेछ जागिन्दरले बताए ।

अगाडिकाे पाेस्ट

भदौ १५ गतेबाट प्रदर्शन हुने फिल्म ऐंचौ पैंचोले प्रचारप्रसार सुरु

अर्काे पाेस्ट

चलचित्र ‘जुलेबी’को ट्रेलर सार्वजनिक

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana