Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘हर्ष’को पारिवारिक जमघट समेटिएको गीत ‘सिठ्ठी मार’ सार्वजनीक

✍ सुवास संकल्प
अशोज १०, २०८२ मा प्रकाशित
फिल्म ‘हर्ष’को पारिवारिक जमघट समेटिएको गीत ‘सिठ्ठी मार’ सार्वजनीक

इटहरी/ निर्देशक एकता पौडेलको डेब्यू फिल्म ‘हर्ष’ ले आफ्नो पहिलो गीत ‘सिठ्ठी मार’ सार्वजनिक गरेको छ । आउँदो मंसिर १२ गते रिलिज हुने पारिवारिक ड्रामा फिल्मले लामो समयपछि नेपाली फिल्ममा पारिवारिक जमघटलाई केन्द्रमा राखेर नाचगान गर्न मिल्ने धमाकेदार गीत ल्याएको दाबी गरेको छ ।

सार्वजनिक गीत ‘सिठ्ठी मार’ प्रताप दास र सदिक्षा कट्टेलको युगल स्वरमा सजिएको छ, जसमा एलिस कार्कीको संगीत र पवित्रा घिमिरेको शब्द रचना रहेको छ । सुनिल क्षेत्रीले कोरियोग्राफी गरेको यो गीतलाई आलोक शुक्लाले खिचेका छन् । गीतमा फिल्मका प्रायः सबै कलाकारहरू फिचर्ड छन् ।

वर्षा राउत, खगेन्द्र लामिछाने, सन्तोष पन्त, विशाल पहारी, शर्मिला मल्ल, अंशु महर्जन, सुनिल क्षेत्री, माओत्से गुरुङ, लुनिभा तुलाधर लगायतका कलाकारहरूको अभिनय रहेको भिडियोमा पारिवारिक जमघटको माहोल छ । निर्माण पक्षले यो गीतलाई नेपालीहरूको हरेक खुशीका जमघटको प्रिय गीत र सकारात्मक ऊर्जा भर्ने किसिमले बनेको विश्वास लिएको छ । हेर्नुस् भिडियो ।

भिडियोमा सबै कलाकारहरूलाई सटिक तरिकाले प्रयोग गरी ‘फ्युजन नृत्य’ को मज्जाको माहोल सिर्जना गरिएको छ, जसले गर्दा परिवारका सबै सदस्य आमा, बुबा, काका, काकी, दाजु, दिदी, भाई, दिदीबहिनी एकसाथ नाच्न सक्नेछन् ।
स्व. शिव रेग्मीको विरासतलाई निरन्तरता दिँदै एकता पौडेल
अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा प्रशन्न पौडेल तथा विकाश पौडेलले निर्माण गरेको यस फिल्ममा हिक्मत चोखाल कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

दिवंगत निर्देशक शिव रेग्मी की भाञ्जीसमेत रहेकी निर्देशक एकता पौडेलले न्यूयोर्क सिनेमा एकेडेमीमा फिल्म मेकिङ अध्ययन गरेकी छन् र यसअघि केही छोटा फिल्महरू समेत निर्माण गरिसकेकी छन् । उनले ‘हर्ष’ मार्फत स्व. रेग्मीको विरासतलाई सशक्त निरन्तरता दिने अपेक्षा गरिएको छ । फिल्मको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन् । उनले आफू र आफ्नो टिमले दर्शकलाई ‘हर्ष’ उत्कृष्ट रुपमा पस्किने बताउँदै आएकी छन् ।

@parikalanewsofficial

फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, सन्तोष पन्त, शर्मिला पन्त, माओत्से गुरुङ, विशाल पहारी, लुनिभा तुलाधर, अंशु महर्जन लगायत बाल कलाकार साइमन वादीको अभिनय रहेको छ । ‘हर्ष’मा समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्की को संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी रहेको छ ।

यसमा स्वर्गीय शिव रेग्मी, डाक्टर कृष्णहरी बराल, पवित्रा घिमिरे, नीरकमल खड्का को शब्द रचना प्रयोग गरिएको छ ।
सम्पूर्ण छायांकन चितवन मा गरिएको फिल्म हाल पोष्ट प्रोडक्सनको चरणमा छ । गोविन्द शाहीको काफिया फिल्मस् ले वितरण गर्ने यस फिल्मको डिजिटल राइट्स बुढासुब्बा डिजिटलले किनेको छ ।

अगाडिकाे पाेस्ट

‘मिसेस पुर्बेलि आइकन सिजन २’को ट्यालेन्ट राउण्ड सम्पन्न, फाइनल असोज २५ गते

अर्काे पाेस्ट

फिल्म ‘हरिबहादुरको जुत्ता’ र ‘जेनजी आन्दोलनको जुत्ता’ बीचको संयोग के हो ?

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana