इटहरी/ गत असार २८ गते आफ्नै घरमा आत्महत्या गरेका अभिनेता सारुक ताम्राकारको मोबाईलमा सुसाईड नोट भेटिएको छ । घटनास्थलमा केहि नभेटिए पनि ढिलो गरि प्रहरीलाई सफलता प्राप्त भएको छ । ताम्राकारले आत्महत्या गरेपछि प्रहरीले उनको मोबाइल परीक्षणका लागि डिजिटल फरेन्सिक ल्याब पठाएको थियो ।
जिल्ला प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार डिजिटल फरेन्सिक ल्याबमा ताम्राकारको मोबाइल परीक्षण गर्दा उक्त सुसाइड नोट भेटिएको हो । आफ्नो आमालाई सम्बोधन गर्दै उक्त सुसाइड नोटमा ‘अर्को जुनीमा तपाईंकै छोरा भएर जन्मिन पाउँ’ भनेर लेखेका छन् । यस्तै ‘पुलिसहरू डन्ट फकिङ मी कन्ट्रोभर्सी । इट्स अल माई फल्ट । कसैलाई ब्लेम नगर्नु । यो सबै यहीँ इन्ड हुनु थियो । सो सकियो । मेक मि रेस्ट इन पीस, धन्यवाद ।’भन्दै सारुकले उक्त सुसाइड नोटमा आफ्ना साथिभाइलाई पनि सम्झेका छन् ।
३१ वर्षीय ताम्राकारको आत्महत्याको पछाडि अभिनेत्री नम्रता श्रेष्ठको हात रहेको धेरैले अड्कलबाजी गरिरहेका थिए भने उनको आत्महत्याले नेपालि सिनेमा नगरीमा एक किसिमको तरङ्ग र बहस नै सिर्जना गरेको छ । केहि दिनअघि ल्याबको रिपोर्ट प्राप्त भएपछी अब भने अन्य कुराहरू पनि सार्वजनिक हुने अनुमान लगाउन सकिन्छ ।
Discussion about this post