Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

सार्वजनिक गीतको भिडियो ‘दमाई महाराज’मा पनि चुकेकै हुन् त प्रकाश सपूत ?

✍ सुवास संकल्प
साउन ७, २०८० मा प्रकाशित
सार्वजनिक गीतको भिडियो ‘दमाई महाराज’मा पनि चुकेकै हुन् त प्रकाश सपूत ?

इटहरी/ लोकप्रिय गायक प्रकाश सपुतले नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन् । शुक्रवार युट्युबमा सार्वजनिक गरिएको ‘दमाई महाराज’ बोलको उक्त गीत तथा भिडियोले यतिबेला लोकप्रियता कमाईरहेको छ । २४ घण्टा नपुग्दै भिडियो युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पुगेको छ भने यो अवधिमा १५ लाख भन्दा बढी पटक हेरिएको छ । यता लोकप्रियता कमाउदै गर्दा उनी यो गीतमा पनि चुकेको चर्चा सुरु भएको छ । भिडियोमा उनी इन्ट्री हुँदै गर्दा जब माला जप्दै र सबैलाई अभिवादन गर्दै मञ्च तर्फ प्रवेश गर्छन् ।

उनी त्यही चुकेको चर्चा चलेको हो र गलत तरिकाले माला जपेका छन् भन्ने अवस्था सिर्जना भएको छ । हिन्दु धर्म अनुसार उनले जसरी माला जपेका छन्, त्यो गलत हो भन्ने चर्चा चलेसंगै यसबारे हामिले बुझ्दै जादा सनातन धर्म गुरु तथा पण्डित कुवेर सुवेदीका अनुसार कसैलाई सताउनु पर्यो वा दुख दिनुपर्यो भने चोरी औंलाको प्रयोग गरिन्छ । हिन्दु धर्म अनुसार चोरी औला र कान्छी औलाले नछोइ माला जपिन्छ, यो शान्ती दायक र धन बढ्नेमा विश्वास गरिन्छ । यसर्थ सपुतले भिडियोमा चोरी औलाको सहयोगमा माला जप्दै गरेको देख्न सकिन्छ ।

कसैलाई सताउन वा दुख दिनलाई धार्मिक सप्ताह पुराण पक्कै लगाईदैन । त्यसैले भिडियोमा जसरी माला जपिएको छ । त्यसले गर्दा गलत सन्देश गएको बुझ्न सकिन्छ । धर्मका बारेमा साना साना कुराहरूलाई पनि महत्त्वपूर्ण रुपमा लिइन्छ । यसरी गलत तवरले माला जपेको दृष्य देखाउदा अब यस्ले कस्तो रुप लिन्छ ? त्यो त आगामी दिनले बताउने नै छ । सपुतका प्रायः गीतहरु हिट छन् । र, प्रायः गीतहरु एक न एक विवादको झमेलामा परेको नै हुन्छ । यो गीत तथा भिडियो पनि त्यसबाट अछुतो रहन सकेन् । उनले भिडियो मार्फत सकारात्मक सन्देश दिएका छन् । तर, त्यही एक दृष्यका कारण गलत अर्थ नै त लाग्ने हैन ? भन्ने प्रश्न पनि उब्जिएको छ ।

जातीय विभेद विरुद्धको रुपमा रहेको गीतमा प्रकाश सपूत र गायिका शान्ती श्रीको स्वर समावेस गरिएको छ भने गीतमा गायक सपुतकै शब्द तथा संगीत रहेको छ । भिडियोमा पनि उनी नै मुख्य रुपमा प्रस्तुत भएका छन् । उनले यसअघि सार्वजनिक गरेर सर्वाधिक हिट भएको गीत तथा भिडियो ‘बोलमाया’ र ‘गलबन्दी’को अन्तिम भागको रुपमा सपुतले यो गीत ‘दमाई महाराज’लाई सार्वजनिक गरेका हुन् । यो गीतको भिडियोमा प्रकाशसंगै अञ्जली अधिकारी, गीत ढुंगाना, गरिमा शर्मा, प्रभात ठकुरी, सुनिल विक, पुष्पा अवस्थी, विराज थापा, लोकनाथ वाग्ले, विशाल घिमिरेलगायतको अभिनय रहेको छ । प्रभार सपूत र दिप्लव बिकलाई बालकलाकारको रुपमा प्रस्तुत गरिएको छ ।

अगाडिकाे पाेस्ट

नारी पात्रलाई विशेष महत्त्व दिदै फिल्म ‘जुलेबी’को पोस्टर सार्वजनिक

अर्काे पाेस्ट

बिराटनगरका ३२ बर्षिय पाइलट समर्पण कार्की बने २०२३ को ‘मिष्टर नेपाल’

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana