Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

मेनुका माझीको संयोजकत्वमा रोनिश र माधवसहित ३ सदस्यीय ‘चलचित्रकर्मी राहत कोष’को स्थापना

✍ सुवास संकल्प
साउन २, २०८० मा प्रकाशित
मेनुका माझीको संयोजकत्वमा रोनिश र माधवसहित ३ सदस्यीय ‘चलचित्रकर्मी राहत कोष’को स्थापना

इटहरी/ कोशी प्रदेशमा छरिएर रहेका चलचित्रकर्मीहरुलाई समेटेर स्थापना भएको नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशले ‘चलचित्रकर्मी राहत कोष’को स्थापना गरेको छ । गएको असार ३१ गते बसेको महासंघको बैठकले मोडल तथा अभिनेत्री मेनुका माझीको संयोजकत्वमा उक्त राहत कोषको स्थापना गरिएको महासंघका अध्यक्ष अरुण कुमार प्रधानले जानकारी गराए । कोषको सदस्यहरुमा पुर्वान्चल इन्स्टिच्युट अफ फिल्म एन्ड टेलिभिजनका संचालक रोनिश राउत र मोडल तथा अभिनेता माधव केसिसहित ३ सदस्यीय समिती गठन गरिएको हो ।

कोषमा आर्थिक वृद्धिका लागी महासंघ कार्यसमिति भित्रबाट प्रत्येक महिना प्रती सदस्य थोरैमा २ सय रुपैयाँ संकलन गर्ने र सो रकम भन्दा माथी स्वेच्छिक सहयोग गर्न सकिने बताइएको छ । अन्य देश तथा विदेशमा रहेका चलचित्रकर्मी तथा सहयोगीदाताहरुलाई समेत कोषमा आर्थिक सहयोगको लागी आव्हान गरिने कोषका संयोजक मेनुका माझीले बताईन् ।

‘चलचित्रकर्मी राहत कोष’ बाट कोशी प्रदेशका चलचित्रकर्मीहरुले लाभ उठाउन सक्नेछन् । नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशमै केन्द्रित रहेर काम गरिरहेको हुनाले यो राहत कोषले यहि बसेर वा देशको जुनसुकै ठाउमा बसेर चलचित्रकर्म गरिरहेको भएपनी आर्थिक सहयोग गर्न सकिने बताईएको छ । आर्थिक अभावले अप्ठ्यारो अवस्थामा पुगेका, बिरामी परेका वा केही कारणले आर्थिक झमेलामा परेका यहाँका चलचित्रकर्मीहरुलाई महासंघले यो राहत कोषबाट अवस्थाको मुल्यांकन गरेर आर्थिक सहयोग गर्नेछ ।

यस्तो अप्ठ्यारोमा परेका चलचित्रकर्मीको बारे जानकारी आउनसाथ महासंघ तथा ‘राहत कोष’ समितीको भौतीक वा सम्भावना नभए पनि भर्चुअल माध्यमबाट छलफल गरेर तुरुन्तै आर्थिक सहयोग प्रदान गरिने संयोजक माझीको भनाई छ । महासंघ अध्यक्ष प्रधानका अनुसार उनले निर्माण तथा निर्देशन गरेको फिल्म ‘१२ नेपाली १ चिहान’को च्यारिटी शोबाट उठेको रकमको खर्च कटाएर बाकी रहेको रकमको १० प्रतिशत ‘चलचित्रकर्मी राहत कोष’को लागी छुट्याइने छ । उक्त फिल्मको यहि श्रावण २० गते शनिबार म्याजिक सिनेमा झुम्का र श्रावण २५ गते बिहिवार ईलाइट सिनेमा इटहरीमा च्यारिटी शो गरिदैछ ।

अगाडिकाे पाेस्ट

‘तिम्रै माया लाग्छ’ भन्दै करण र पुर्णिकाको रोमान्स

अर्काे पाेस्ट

‘बादल बर्षा बिजुली’मा भिजु र कबिताको ठुम्का, टिकटकमा भाईरल हुँदा १८ बर्षपछि रि-रेकर्ड

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?
कलिउड न्युज

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

✍ परिकला न्यूज
बैशाख ८, २०८३ मा प्रकाशित
0

...

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

बैशाख ८, २०८३ मा प्रकाशित
टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana