Thursday, April 30, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

दशैँलाई टक्कर दिँदै ‘फागुन १’ को फिल्मी भिडन्त, यी ४ मध्ये कस्ले मार्ला बाजी ?

✍ सुवास संकल्प
असार २४, २०८२ मा प्रकाशित
दशैँलाई टक्कर दिँदै ‘फागुन १’ को फिल्मी भिडन्त, यी ४ मध्ये कस्ले मार्ला बाजी ?

इटहरी/ यसवर्षको फागुन १ गते फिल्मी बजारमा रोचक भिडन्त देखिने भएको छ, जुन भिडन्त दशैं तिहारको भन्दा हेर्न लायक बनेको छ । यो मितिमा एकसाथ चारवटा फिल्म प्रदर्शनमा आउने पक्का भएको छ । हालै फिल्म “जहाजैमा” ले पनि यो मिति लक गरेपछि फागुन १ को रिलिज संख्या ४ पुगेको हो । यसअघि “कल्ली”, “लाली बजार” र “डबल ट्रिपल” ले यो मिति तय गरिसकेको थियो । यी ४ फिल्म मध्ये छायांकन सम्पन्न भएको फिल्म भने कल्ली मात्रै हो ।

१) जहाजैमा:
जहाजैमा लाई कृषा चौलागाईं ले निर्देशन गर्दैछिन् । फिल्मको निर्माणपक्षले आर.आर फिल्मस्सँग वितरणको सहकार्य गर्दै फागुनको १ गतेबाट फिल्म रिलिज गर्ने घोषणा गरेको हो । फिल्मलाई आर.आर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्नेछन् । फिल्ममा केदार घिमिरे, सौगात मल्ल, जापानीज नायिका रुजेल इचिमिया फाइनल भइसकेका छन् । यो फिल्म भदौबाट छायांकन मा जाने बताईएको छ ।

२) डबल ट्रिपल:
‘डबल ट्रिपल’लाई निर्देशक अशोक शर्मा निर्देशन गर्नेछन् । यो फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, केकि अधिकारी, मिरुना मगर, राजाराम पौडेल, बुद्धि तामाङ, माओत्शे गुरुङ, विल्सन बिक्रम राई, सुरवीर पन्डित लगायतका कलाकारहरुको अभिनय रहनेछ बताइएको छ । यतिबेला निर्माण युनिटले लोकेशन हन्टिङको कार्य सम्पन्न गरेको छ । अशोक शर्माले “दसैंमा धेरै फिल्महरु आउने भो भरसक मिलाएर कम फिल्म ल्याएर निर्माता साथीहरू पनि safe होस भन्ने हेतुले सहमति बनाउने प्रयास गर्दा कोही एक इन्च सर्न पनि तैयार भएनन त्यसैले डबल ट्रीपल अब २०८२ फागुन १ गते” भन्दै फिल्म सारेका थिए । तर यो डेटमा पनि उनी नमज्जाले चेपिएका छन् ।

३) लाली बजार:
षट्कोण आर्ट्स को व्यानरमा निर्माण हुने ‘लाली बजार’ पहिलो पोष्टर बाटै चर्चामा छ । स्वस्तिमा खड्कालाई केन्द्रमा राखेर केहीअघि एक पोष्टर सार्वजनीक गर्दै यो फिल्मले पनि फागुन १ लाई प्रदर्शन मिति लक गरेको थियो । यो फिल्म निर्माण कम्पनी ‘जात्रा’ शृङ्खलाले स्थापित ब्यानर हो । यसलाई यम थापाले निर्देशन गर्दै छन् भने निर्मातामा रवीन्द्र सिंह बानियाँ र म्याक्स दीपेस खत्री रहेका छन् । प्रदीप भट्टराई कार्यकारी निर्माता हुन् । यसको हाल प्री प्रोडक्सनको काम धमाधम चलिरहेको छ ।

@parikalanewsofficial

४) कल्ली:
यता ‘कल्ली’ को चर्चा पनि कम छैन । अभिनेता पल शाहलाई अनुबन्ध गरेदेखि निकालेका सम्मको कुराले यो फिल्म चर्चाको केन्द्रमा छ । छायांकन सम्पन्न भइसकेर प्रोडक्सनमा रहेको यो फिल्मले पनि फागुन १ गरेको रोजेको छ । यो फिल्ममा सौगात मल्ल, उत्तम प्रधान, वेनिशा हमाल, नाजिर हुसेन, अर्पण थापा, वर्षा राउत, सुलक्षण भारती लगायतको अभिनय रहेको छ भने यसको प्रस्तुतकर्ता किरण नेपाली हुन । हालै को जानकारी अनुसार यो फिल्म नेपाल, भारत र पाकिस्तान मा एकसाथ प्रदर्शनमा आउँदैछ । यो फिल्म नेपाली र हिन्दी दुवै भाषामा तयार गरिएको निर्माण युनिटले जनाएको छ । यसको लेखक तथा निर्देशक लक्ष्मण सुनार हुन ।

यी चारवटा फिल्म एकैपटक प्रदर्शनमा आउन लागेपछि फिल्म हलमा दर्शकको आकर्षण कुन फिल्म तर्फ जान्छ भन्ने विषयमा चासो बढेको छ । एकातिर स्टार कलाकार र चर्चित निर्देशकहरूका फिल्म छन् । दशैं र तिहारको भन्दा ठूलो भिडन्तका रूपमा हेरिएको फागुन १ ले नेपाली फिल्म उद्योगमा आर्थिक र दर्शकीय प्रतिसादका हिसाबले नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ ।

निर्माता र वितरकहरूले आफ्नो फिल्मलाई अग्रता दिलाउन विभिन्न प्रचार–प्रसार अभियान सञ्चालन गरिरहेका छन् । सामाजिक सञ्जालमा फिल्मका पोस्टर, मिडियामा समाचार लगायतका प्रचार सामग्रीले दर्शकको ध्यान खिचिरहेको छ ।फागुन १ मा दर्शकको रोजाइ कुन फिल्ममा पर्छ भन्नेबारे अहिले नै केही भन्न सकिने अवस्था छैन, तर नेपाली फिल्म क्षेत्रका लागि यो मिति निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने निश्चित देखिन्छ ।

अगाडिकाे पाेस्ट

तक्मेबुढाको डेब्यु निर्देशकीय फिल्म ‘मैझारो’मा धीरज मगर अनुबन्ध

अर्काे पाेस्ट

मधेशको वास्तविक कथा बोकेको ‘प्रतिवैरम’मा प्रियंका कार्कीको आइटम डान्स (तस्वीरसहित)

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज
कलिउड न्युज

नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

✍ परिकला न्यूज
बैशाख १७, २०८३ मा प्रकाशित
0

...

हलमा चिप्लिएको ‘रावायण’ युट्युबमा हिट, तर पलको नक्कली दाह्रीको उस्तै चर्चा
कलिउड न्युज

हलमा चिप्लिएको ‘रावायण’ युट्युबमा हिट, तर पलको नक्कली दाह्रीको उस्तै चर्चा

✍ परिकला न्यूज
बैशाख १६, २०८३ मा प्रकाशित
0

...

तीजको अवसर पारेर भदौ २६ गते रिलिज हुँदै नारीप्रधान फिल्म ‘टिका’

तीजको अवसर पारेर भदौ २६ गते रिलिज हुँदै नारीप्रधान फिल्म ‘टिका’

बैशाख १६, २०८३ मा प्रकाशित
नीता ढुंगानाको निर्देशकीय डेब्यु ‘पार्वती’को छायांकन सम्पन्न, भदौ १२ मा रिलिज हुँदै

नीता ढुंगानाको निर्देशकीय डेब्यु ‘पार्वती’को छायांकन सम्पन्न, भदौ १२ मा रिलिज हुँदै

बैशाख १६, २०८३ मा प्रकाशित
भारतको कैँची धाम पुगेर रेखा थापाले गरिन् नयाँ फिल्म ‘काउकुती’को घोषणा

भारतको कैँची धाम पुगेर रेखा थापाले गरिन् नयाँ फिल्म ‘काउकुती’को घोषणा

बैशाख १६, २०८३ मा प्रकाशित
‘सुम्निमा’ को सेटमा घाइते हुँदा विजय लामा रोएपछि भावुक बने निर्देशक मिलन चाम्स

‘सुम्निमा’ को सेटमा घाइते हुँदा विजय लामा रोएपछि भावुक बने निर्देशक मिलन चाम्स

बैशाख १६, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

बैशाख १७, २०८३ मा प्रकाशित
हलमा चिप्लिएको ‘रावायण’ युट्युबमा हिट, तर पलको नक्कली दाह्रीको उस्तै चर्चा

हलमा चिप्लिएको ‘रावायण’ युट्युबमा हिट, तर पलको नक्कली दाह्रीको उस्तै चर्चा

बैशाख १६, २०८३ मा प्रकाशित
तीजको अवसर पारेर भदौ २६ गते रिलिज हुँदै नारीप्रधान फिल्म ‘टिका’

तीजको अवसर पारेर भदौ २६ गते रिलिज हुँदै नारीप्रधान फिल्म ‘टिका’

बैशाख १६, २०८३ मा प्रकाशित
नीता ढुंगानाको निर्देशकीय डेब्यु ‘पार्वती’को छायांकन सम्पन्न, भदौ १२ मा रिलिज हुँदै

नीता ढुंगानाको निर्देशकीय डेब्यु ‘पार्वती’को छायांकन सम्पन्न, भदौ १२ मा रिलिज हुँदै

बैशाख १६, २०८३ मा प्रकाशित
भारतको कैँची धाम पुगेर रेखा थापाले गरिन् नयाँ फिल्म ‘काउकुती’को घोषणा

भारतको कैँची धाम पुगेर रेखा थापाले गरिन् नयाँ फिल्म ‘काउकुती’को घोषणा

बैशाख १६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana