इटहरी/ कोरोना महामारीका कारण रोकिएको ‘डि सिने अवार्ड’को १३ औं तथा १४ औं संस्करण सम्पन्न भएको छ । सोमबार काठमाडौको रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रममा दुई वर्षको अवार्ड एकैपटक प्रदान गरिएको हो । अवार्ड कार्यक्रमको १३ औं संस्करणबाट अभिनेता सविन श्रेष्ठले उत्कृष्ट नायकको अवार्ड हात पारेका छन् । फिल्म ‘हिरो रिटर्न्स’ बाट उनले उत्कृष्ट नायकको अवार्ड हात पारेका हुन् ।
‘हिरो रिटर्न्स’ले प्रदर्शनका बेला औसत व्यापार गरेपनी उनको अभिनयले भने राम्रै तारिफ पाएको थियो । हिरो रिटर्न्समा श्रेष्ठले नायिका रेखा थापासंग प्रमुख भुमिकामा अभिनय गरेका थिए । यो फिल्मलाई सविन आफैले निर्माण गरेका हुन् । पछिल्लोसमय श्रेष्ठ भ्लगरको रुपमा समेत चिनिएका छन् ।
विवाह नभैसके पनि रियल जोडिको रुपमा परिचीत अनु शाहसंगका भ्लगहरु सामाजिक संजालमा भाइरल हुने गर्छन् । हालै उनी पुनः फिल्म निर्माणमा लागिपरेका छन् । ‘बाघचाल’ नाम दिइएको उक्त फिल्मको यतिबेला प्री-प्रोडक्सनको कार्य भैरहेको छ भने मुख्य अभिनेता अभिनेत्री तथा अन्य कलाकारहरु खोजी कार्य चलिरहेको छ । यो फिल्ममा श्रेष्ठ आफै पनि प्रमुख अभिनेताको रुपमा रहेका छन् । सांसद राजिव गुरुङ ‘दिपक मनाङे’ प्रस्तुतकर्ता रहेको बाघचालको अहिले स्कृप्टमा समेत काम भैरहेको सविनले बताए ।
Discussion about this post