Sunday, March 29, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘ह्रस्व दीर्घ’को गीत सार्वजनिक, गायक दुर्गेश थापा सुध्रिएको प्रमाण

✍ सुवास संकल्प
साउन २६, २०८१ मा प्रकाशित
फिल्म ‘ह्रस्व दीर्घ’को गीत सार्वजनिक, गायक दुर्गेश थापा सुध्रिएको प्रमाण

इटहरी/ बलिउड दिग्गज कलाकारहरू राखेर फिल्म बन्ने चर्चा चलेदेखी प्रतिक्षित बनिरहेको फिल्म ‘ह्रस्व दीर्घ’को पहिलो गीत सार्वजनिक गरिएको छ । आगामी असोज ३ गते अर्थात संविधान दिवसको अवसर पारेर सार्वजनिक हुने फिल्म ‘ह्रस्व दीर्घ’को ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ बोलको गीत तथा भिडियो सार्वजनिक गरिएको हो । शुक्रबार नाग पञ्चमीको अवसर पारेर सार्वजनिक भएको सो गीतमा फिल्मका मुख्य कलाकार नीता ढुंगाना र हरिहर अधिकारी फिचर्ड छन् ।

उक्त गीतमा दुर्गेश थापाको शब्द रचनासंगै संगीत, एरेन्ज र स्वर समेत समावेश गरिएको छ । दुर्गेशको यो कामको तारिफ समेत भैरहेको छ । उनले केहिअघि एक कार्यक्रममा आफू सुध्रिएको बताएका थिए । जसको प्रमाण यहि गीत नै हो । यो गीत गायनमा दुर्गेशलाई सदिक्षा कट्टेलले साथ दिएकी छन् । पाश्र्व गायनमा उनको यो डेव्यु फिल्म हो । हेर्नुस् गीतको भिडियो ।

नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्मको उक्त सार्वजनिक गीतको अडियोसंगै भिडियो पनि उत्कृष्ट बनेको देखिन्छ । अभिनेत्री निताको नृत्य हेर्न लायक छ । कृष्णलाई फकाउदै उनको ठुम्काले अहिले फिल्मी बजारमा चर्चा बटुल्दै गैरहेको छ । यता हरिहरको पार्ट पनि तारिफयोग्य नै छ । उनी पनि यो गीतको भिडियोमा छमछमी नाचेका छन् । सुष्मा सुनामको कोरियोग्राफी रहेको यो गीतले फिल्मको हाईपलाई अझै उठाएको बुझ्न सकिन्छ ।

यो फिल्म ‘ह्रस्व दीर्घ’को कार्यकारी निर्माता धनन्जय गलानी हुन् भने फिल्ममा हरिहर अधिकारी र नीता ढुंगानाको अलावा ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ । यो फिल्ममा अभिनेत्री निता ढुंगानाको लगानी रहेको छ भने चन्द्र पन्तले निर्देशन गरेका छन् ।

पन्तले यहि फिल्मबाट नेपाली फिल्ममा निर्देशकको रुपमा डेब्यु गर्दै छन् । यसअघि उनले भोजपुरी फिल्मको निर्देशन तथा करिब पाँच दर्जनबढि नेपाली फिल्ममा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका छन् । फिल्ममा अभिनेता हरिहर अधिकारीको कथा समावेश छ । यसको पटकथा तथा संवाद भने प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरले संयुक्त रुपमा तयार गरेका हुन् । नेपालीसंगै तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज गरिने फिल्म ‘ह्रस्व दीर्घ’लाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।

अगाडिकाे पाेस्ट

सडक नाटक, नृत्य तथा गायन प्रस्तुतिबाट फिल्म ‘बुलाकी’को प्रचारप्रसार तिब्र

अर्काे पाेस्ट

धिरज र उपासनाको प्रेम र उतारचढाव झल्किने ‘खुस्मा’को टिजर सार्वजनिक

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’
कलिउड न्युज

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

✍ सुवास संकल्प
चैत्र १३, २०८२ मा प्रकाशित
0

...

प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’
कलिउड न्युज

प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

✍ सुवास संकल्प
चैत्र १३, २०८२ मा प्रकाशित
0

...

फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

चैत्र १३, २०८२ मा प्रकाशित
‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

चैत्र १२, २०८२ मा प्रकाशित
याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

चैत्र ९, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चैत्र ९, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

चैत्र १३, २०८२ मा प्रकाशित
प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

चैत्र १३, २०८२ मा प्रकाशित
फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

चैत्र १३, २०८२ मा प्रकाशित
‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

चैत्र १२, २०८२ मा प्रकाशित
याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

चैत्र ९, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana