इटहरी/ चलचित्र ‘वर एण्ड वधू’ दोस्रो चरणको काम अगाडी बढ्ने भएको छ। पहिलो चरणको छायाङ्कन रोमानियामा भएपछि बाँकी रहेको ५० प्रतिशत छायाङ्कन नेपालमा नै हुने बताइएको छ।
फिल्मका निर्देशक मिलन चाम्सले चैत्रको तेस्रो साताबाट छायाङ्कन सुरु हुने बताएका छन् । रोमान्टिक कमेडी कथामा तयार भइरहेको यो चलचित्रमा वधूको भूमिकामा नायिका आँचल शर्माले काम गरिरहेकी छिन् भने वरको भूमिकामा भने नवनायक विवेक कर्माचार्यले अभिनय गरिरहेका छन्।
यसको छायाङ्कनको दोस्रो तालिकाको लागि कर्माचार्यले आफ्नो सुगठित शरीर बनाएका छन्। कथाको माग अनुसार नै विवेकले शरीर बनाएको निर्देशक चाम्सले बताए।
यस चलचित्रमा विवाहको संस्कृतिलाई पर्दामा देखाइने छ।
Discussion about this post