Thursday, March 26, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘महाजात्रा’ बुकिङ खुल्ला गरिएको पहिलो दिन नै इटहरीमा आक्रमक बुकिङ सुरु

✍ सुवास संकल्प
चैत्र ८, २०८० मा प्रकाशित
‘महाजात्रा’ बुकिङ खुल्ला गरिएको पहिलो दिन नै इटहरीमा आक्रमक बुकिङ सुरु

इटहरी/ बहुप्रतिक्षित फिल्म ‘महाजात्रा’ प्रदर्शन हुन अझै २ दिन बाकी छ । २ दिन बाँकी रहदै गर्दा देशभर अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ । यस्तैमा इटहरीमा हाल सन्चानममा रहेको २ ओटा सिनेमाहलमा पनि अग्रिम बुकिङ गर्नेहरुको लर्को सुरु भएको छ । हामिले बुकिङ खुल्ला भएको राती यो समाचार तयार गर्दैगर्दा `महाजात्रा´को इटहरीको इलाईट सिनेमा हलमा चैत ९ गतेको बेलुका ८:३० बजेको शो आधा बुकिङ भैसकेको छ । शुक्रबारदेखि देश तथा बिदेशमा प्रदर्शनीमा आउने चलचित्रको महाजात्राको दर्शकहरु निकै प्रतिक्षामा छन् भन्ने कुरा दर्शकको अग्रिम टिकट बुकिङले नै देखाएको छ ।

इलाईट सिनेमा हलले बिहानको ८:३०, ११:३० दिउँसोको २:३०, साँझको ५:३० र रातिको ८:३० गरि दिनमा ५ शो दिएको छ । जसमध्ये आज बुकिङ खुल्ला भएको दिन नै बेलुका ८:३० को शो आधा बुकिङ भैसकेको हो भने अन्य शोहरुमा समेत बुकिङ थपिदैछ । यस्तै इटहरीमा रहेको अर्को हल QFX Cineflex ले पनि फिल्म `महाजात्रा´लाई बिहानको ८:४५, १२:००, १५:१५, १८:३० र २१:४५ गरि ५ शो नै दिएको छ । यो हलमा पनि बुकिङ जारी छ ।

तर, QFX Cineflex मा भन्दा बुकिङ खुल्ला भएको पहिलो दिन नै इलाईट सिनेमा हलमा ‘महाजात्रा’ बुकिङ आक्रमक देखिएको हो । महाजात्रा टिमले पुर्वदेखि पश्चिमसम्म देशदौडाह गरेर प्रचार गरिसके लगत्तै मंगलबार काठमाडौंमा पत्रकार भेटघाट र प्रिमियर गरेको थियो । प्रिमियर भव्य रुपमा सम्पन्न भएसंगै चलचित्रको तारिफ बढदो छ । चलचित्र जात्रा, जात्रैजात्रा, महापुरुष लगायत फिल्म निर्देशन गरेर दर्शकलाई मख्ख बनाइसकेका प्रदिपले महाजात्रालाई भव्य बनाएको प्रिमियरमा उपस्थितिले प्रतिक्रिया दिईका छन् । यो फिल्म नेपाल लगायत ४० देशमा प्रदर्शन गर्ने तयारी रहेको छ ।

चलचित्रलाई मल्टिपिलेक्स तथा सिंगल थियटरमा राम्रो शो मिलिरहेको छ । फिल्मको मंगलबार आयोजित प्रिमियर सोमा अभिनेता मदनकृष्ण श्रेष्ठ, दयाहाङ राई, अभिनेत्री निशा अधिकारी, केकी अधिकारी , ऋचा शर्मा, सन्तोष पन्त, किरण केसी, जीतु नेपाल, निर्मल शर्मा, दीपाश्री निरौला, गायक प्रकाश सपूत, निर्देशक रामबाबु गुरुङ, पुर्नेन्दु झा, सौरभ चौधरी, प्रचण्डमान श्रेष्ठ, अभिनेता गजित विष्ट, सुशील श्रेष्ठ, अरुण क्षेत्री, मोडल आश्मा विश्वकर्मा लगायतले ‘महाजात्रा’ हेरेर राम्रो प्रतिक्रिया दिएका छन् । प्रदीप भट्टराईको लेखन र निर्देशन रहेको चलचित्रमा म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेल निर्माताको रुपमा रहेका छन् भने रवीन्द्र सिंह बानियाँ कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, दिव्य देव, राजाराम पौडेल लगायत कलाकारको चलचित्रमा अभिनय रहेको छ । यस चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् भने मित्र डि गुरुङले चलचित्र सम्पादन गरेका हुन् । यस चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् भने मित्र डि गुरुङले चलचित्र सम्पादन गरेका हुन् । चलचित्रको पब्लिसिटी डिजाइन रोयल भिमसेनले गरेका हुन् ।

अगाडिकाे पाेस्ट

‘अगस्त्य’ चौथो सातासम्म चल्दा के भन्छन् निर्माता ?

अर्काे पाेस्ट

फिल्म ‘मोदीबेनी’को सकियो छायाङ्कन ३१ दिनमा प्याक अप

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए
इभेन्ट

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

✍ परिकला न्यूज
चैत्र ९, २०८२ मा प्रकाशित
0

...

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित
कलिउड न्युज

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

✍ परिकला न्यूज
चैत्र ९, २०८२ मा प्रकाशित
0

...

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

चैत्र ८, २०८२ मा प्रकाशित
कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

चैत्र ७, २०८२ मा प्रकाशित
‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

चैत्र ६, २०८२ मा प्रकाशित
हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

चैत्र ९, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चैत्र ९, २०८२ मा प्रकाशित
‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

चैत्र ८, २०८२ मा प्रकाशित
कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

चैत्र ७, २०८२ मा प्रकाशित
‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

चैत्र ६, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana