इटहरी/ फिल्मको प्रचारप्रसारका लागी ‘कमेडी नाइट विथ च्याम्यियन’ टिम र ‘महाजात्रा’ टिम इटहरी आउने भएको छ । पहिलो चरणको महायात्रा सकेपछि दोश्रो चरणमा कोशी प्रदेश आउन लागेको इटहरीमा पत्रकार सम्मेलन गर्दै कार्यक्रम निर्देशक बिशाल भण्डारीले जानकारी गराए । ‘महाकमेडी विथ महाजात्रा’ नाम दिइएको यो प्रोमोसनल कार्यक्रम इटहरीसंगै फागुन ३० गते साँझ हुनेछ ।
इटहरीमा भने चैत १ गते इम्पेरियल लाउन्जमा आयोजना गरिने पत्रकार सम्मेलनमा बताईयो । सम्मेलनमा ‘कमेडी नाइट विथ च्याम्यियन’ को तर्फबाट कार्यक्रम निर्देशक भण्डारीसंगै कमेडियनद्वय सुमन कार्की र कैलाश कार्की उपस्थित थिए ।
साँझ ५ बजेदेखी आयोजना हुने कार्यक्रममा फिल्म ‘महाजात्रा’को तर्फबाट वरिष्ठ कलाकार हरिवंश आचार्यसंगै विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल, अभिनेत्री वर्षा राउत लगायतको उपस्थिति रहनेछ भने ‘कमेडी नाइट विथ च्याम्यियन’का तर्फबाट अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलासँगै कमेडियन सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, प्रभात लामा, सन्तोष थापा लगायतको उपस्थिति रहने छ ।
Discussion about this post