इटहरी/ गायिका शान्तिश्री परियार तथा गायक बिमल श्रीपालीको स्वरको ‘आलु मस्यौरा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । मिलन गुरुङ्गको सुन्दर शब्द लेखनमा नन्दु परियारले संगीत भरेका छन् । ब्लैकपेपर स्टुडियोमा रेकर्ड गरिएको ‘आलु मस्यौरा’ बोलको गीतमा डी.जे.सन्तोषको मिक्सिङ्ग, मास्टरिङ्ग तथा सुनिल परियारको संगीत संयोजन रहेको छ । ‘आलु मस्यौरा’ बोलको म्युजिक भिडियो यस्तो छ ।
यो गीतको म्युजिक भिडियोलाई अभिनेत्री पावला (पवित्रा आचार्य) ले निर्देशन गरेकी हुन् । सुभाष भट्टद्वारा कोरियोग्राफी गरिएको यो भिडियोमा दिभ्यानी ओली र उमेश खाडङ्गिको अभिनय रहेको छ । सार्वजिनक म्युजिक भिडियोमा पवन सुस्लिङको छायांकन तथा सम्पादन छ । मिलन गुरुङ यो भिडियोका निर्माता हुन् ।भने सुवास तिमिल्सिनाको मेकअप रहेको छ ।
Discussion about this post