इटहरी / युवापुस्ता माझ लोकप्रिय गायक सुशान्त केसी पछिल्लो समय ‘सारंगी’ का कारण चर्चामा छन् । हुनत: उनको चर्चा यसअघि नभएको भने हैन । प्राय: गीतहरु उनको लोकप्रिय नै छन् । तर, पछिल्लो समय उनले सार्वजनिक गरेको ‘सारंगी’ बोलको गीत अत्याधिक लोकप्रिय भयो । छोटो भिडियो साझेदारी साइट टिकटकमा यो गीतका क्लिपहरु लाखौ बनेका छन् । जसले गर्दा पनि यो गीत हिट हुनमा मद्धत पुग्यो ।
अहिले यो गीत धेरैको मुखामा झुण्डिएको छ । यो गीत ‘सारंगी’का केही पङ्क्तिहरु ६ वर्षअघि नै सुशान्तले लेखेका थिए । जुन सोहि बेला पनि चर्चित भैसकेको थियो । अहिले म्युजिक भिडियो नै बनाएर सार्वजनिक गरेपछि यो गीतको भिडियो युट्युमा हेर्नेको संख्या २ करोड ५१ लाख माथि छ । युट्युबमा भिडियो सार्वजनिकको २ महिना पुग्दैगर्दा १४ हजार बढिले सकारात्मक प्रतिक्रिया दिएका छन् । हेर्नुस भिडियो
गायक सुशान्त केसीले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको यो गीतको भिडियोमा गायक केसी नै फिचर्ड छन् भने उनलाई अभिनयमा आना शर्माले सघाएकी छन् । यो गीतको सिग्नेचर लाईन ‘उडी उडी मन भाग्छ किन’ हो । जुन लाईन सामाजिक सन्जालमा लोकप्रिय बनेको छ । गायक सुशान्त के.सीले नै लेखेको र उनि आफैले कम्पोज गरेको यो गीतको भिडियोलाई गौरव कुमार तामाङ्गले निर्देशन गरेका हुन् । यो गीतको भिडियोलाई किरण थापाले कोरियोग्राफी गरेका छन् भने कुशल जोशी र सशांक थापाले भिडियो छायांकन गरेक हुन् ।
Discussion about this post