इटहरी/ पछिल्लो समय कलाकारहरूको तेश्रोलिङी अवतार एकपछी अर्को गर्दै सार्वजनिक भैरहेको छ । हुनत यसअघि पनि तेश्रोलिङ्गीको कथामा आधारित रहेर फिल्म नबनेका भने हैनन् । तर पछिल्लो समय कलाकारहरुको तेश्रोलिङ्गी अवतार सार्वजनिक हुने क्रम बाक्लिदो भएका कारण यसको बारेमा चर्चा गर्ने जमर्को गरेका हौं । बिक्रम सम्वत् २०७३ सालमा अभिनेता राजेश हमाल पनि तेश्रोलिङ्गी अवतारमा प्रस्तुत भएका थिए । उनले फिल्म ‘शकुन्तला’मा आफुलाई तेश्रोलिङ्गीको अवतारमा ढालेका थिए । भलै फिल्मले ब्यापारिक हिसावमा सफलता हासिल गर्न सकेन् । तर, उनको यो तेश्रोलिङ्गी लुक्सले भने खुबै चर्चा बटुलेको थियो ।
यता केहीअघि अभिनेता नाजिर हुसैन फिल्म ‘गुलाबी’मा तेश्रोलिङीको अवतारसहित प्रस्तुत भएको पोस्टर सार्वजनिक भएको थियो । समुन्द्र भट्टको निर्देशनमा तयार भएको उक्त फिल्म प्रदर्शनको तयारीमा छ । नाजिरको उक्त अवतारपछी उनलाई हेर्ने नजर परिवर्तन भएको छ । अर्थात उनिमा कलाको खानी भएको र अब्बल कलाकारको रुपमा चित्रण गरिएको छ । हेर्नुस् यो समाचार संग सम्बन्धित भिडियो कार्यक्रम ।
यस्तैमा पछिल्लो समय अभिनेता विपिन कार्की, डान्सर तथा कोरियोग्राफर राहुल शाह र गायक तथा मोडल दुर्गेश थापा पनि महिला अवतार अर्थात तेश्रोलिङ्गी अवतारमा प्रस्तुत भएका छन् । यी मध्ये सबैभन्दा अग्रभागमा छन् अभिनेता विपिन कार्की । उनको अभिनय रहेको ‘एक भगवत् र एक गीता’ मा उनलाई कमलामाई अर्थात तेश्रोलिङ्गीको अवतारमा प्रस्तुत गरिएपछि उनको कलालाई धेरैले अदभूत भनेका छन् । फिल्मको पोस्टर सार्वजनिक देखी नै उनको तेश्रोलिङ्गी अवतारको खुब चर्चा भएको थियो । पछि टिजर, ट्रेलर सार्वजनिक भएपछि त उनको तेश्रोलिङ्गी क्यारेक्टरले फिल्मका अन्य पात्रहरु नै ओझेल परे भन्दा फरक पर्दैन ।
यता दुर्गेश थापा दुर्गा बनेर तेश्रोलिङ्गी अवतारमा नाच्दा पनि उत्तिकै चर्चामा छन् । पहिले प्रायः आलोचनाको सिकार बन्ने थापा गीतमा तेश्रोलिङ्गी बनेर नाच्दा भने तारिफ पनि बटुलिरहेका छन् । तीज विशेष गीत ‘दुर्गा नाच्छे बिच बिचमा’ बोलको गीत सार्वजनिक गर्दै उनी तेश्रोलिङ्गी अवतारमा सार्वजनिक भएका हुन् । यस्तै डान्सर तथा कोरियोग्राफर राहुल शाहको तेश्रोलिङ्गी अवतार पनि हेर्न लायक छ । झट्ट हेर्दा तेश्रोलिङ्गी बनेका राहुल शाह नै हुन् भन्न सकिदैन् । उनलाई यो अवतारमा फिट देखिएको छ । भर्खरै सार्वजनिक ड्रीम गर्ल बोलको गीतमा उनलाई तेश्रोलिङ्गीको अवतारमा देख्न सकिन्छ । उनी यो अवतारमा मज्जैले नाचेका छन् ।
Discussion about this post