इटहरी/ अभिनेता तथा नेपाल चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसिले अभिनेत्री साम्राज्ञि राज्यलक्ष्मी शाह विरुद्ध १० करोड क्षतिपूर्ति माग गर्दै लगाएको मानहानीको मुद्दा अभिनेत्री शाहले जितेकी छन् । केसिले २०७७ साल साउन ९ गते यो मुद्दा दर्ता गरेका थिए । काठमाडौ जिल्ला अदालतले अभिनेता केसिको दावी नपुग्ने भन्दै न्यायाधीश वासुदेव पौडेलको इजलासले अभिनेत्री शाहको पक्षमा फैसला गरेको हो । यसर्थ भुवन केसिले मुद्दा हारेका छन् ।
बलिउडका लोकप्रिय अभिनेता सुशान्तशिह राजपुतको निधनपछि नेपालमा समेत चलेको नेपोटिजमको बहसमा साम्राज्ञिले फिल्म ड्रीम्स छायांकनको बेला लैङ्गकि भेदभाव तथा आफुमाथी शोषण र दुव्र्यवहार गरेको आरोप एक भिडियो सार्वजनिक गर्दै गरेकी थिइन् । त्यसपस्चात यी २ को वाकयुद्ध नै चलेको थियो । भुवनले ‘जुन थालमा खायो, त्यही थालमा दुलो पारेको’ भन्दै आक्रोशमा सामाजिक संजाल मार्फत नै जवाफ फर्काएका थिए । त्यसपछि भुवनको केही नखोलिएका कुराहरु पनि बाहिरिए, तर त्यसले खासै ठूलो स्थान नपाएपनी यी २ बिचको वाकयुद्ध भने अदालतसम्म पुगेको थियो ।
अहिले मुद्धा जितेपछि साम्राज्ञिले सामाजिक संजालमा एक भिडियो राख्दै ३ वर्षपछि मुद्धा जितेकोमा खुशी व्यक्त गरेकी छन् । न्यायको सधै जित हुने भन्दै हर्षले रोएकी उनले ‘त्यो ब्यक्तिले मलाई म शक्तिशाली छु, फिल्म क्षेत्रमा समर्थन छ भनेर देखाउनु थियो । र मलाई १० करोडको मुद्धा हालेर फेरि बुलिङ गरियो । आफ्नो अनुभव बोल्न पनि नपाइने रहेछ । यो निकै डरलाग्दो छ, जे भयो त्यसले अब त मलाई आश्चर्यचकित बनाउदैन ।’ भनेर सार्वजनिक भिडियोमा भनेकी छन् । तर, उनले केसिको नाम भने कहि कतै खुलाएकी छैनन् ।
Discussion about this post